१३ माघ, चन्द्रपूर // रौतहटको १८ पालिकाहरु मध्यय सबैभन्दा धेरै जनसंख्या चन्द्रपूर नगरपालिकामा रहेको केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाको तथ्याङ्कमा उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार चन्द्रपूर नगरपालिको कुल जनसंख्या ८३ हजार ३ सय ५०
रहेको छ। जसमा ४१ हजार २ सय ४५
पुरुष र ४२ हजार १ सय ०५
महिला रहेको छ । चन्द्रपूर नगरपालिकामा पुरुष भन्दा महिला ८ सय ६० जना धेरै रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा चन्द्रपुर नगरपालिकामा १ हजार ५ सय ३४ घर संख्या रहेकोमा परिवारसंख्या भने १७ हजार २ सय ३७ रहेको केन्द्रिय तथ्यांक बिभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।यस्तै रौतहट जिल्लाको सबै भन्दा कम जनसंख्या भएको पालिका अन्तर्गत दुर्गा भगवती गाउँपालिका रहेको छ । जसमा २३ हजार २ सय २६ जनसंख्या रहेको केन्द्रीय तथ्याङ्क सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

नेपालको जनसंख्याको विवरणहरु
केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
पुगेको छ । यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय जनगणना २०७८मा उल्लेखगरिएको छ।
राष्ट्रिय जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका जिल्लाहरु भक्तपुर, रुपन्देही,चितनव, बाँके र सुनसरी रहेका छन् भने जनसंख्या वृद्धिदर कम भएका जिल्लाहरु रामेछाम, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् ।सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६
र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय जनगणना २०७८मा उल्लेख गरिएको छ ।