माघ १३ , रौतहट// मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी भएकी छन् । अर्यालले स्थानीय तहबाट १५८ मत र प्रदेश तर्फ ६९ मत प्राप्त गरी ६१५६ मतभारत प्राप्त गरेकी छन् । महिला समूहबाट लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपा यादवले स्थानीयतर्फ ८१ र प्रदेशबाट २७ मत प्राप्त गरी २७५४ मतभार प्राप्त गरेकी छन् ।एमालेकी उम्मेदवार बीना साहले स्थानीयतर्फ ९ र प्रदेशतर्फ ३ गरी कुल ३०६ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको ।

अघिल्लो सामग्रीजनमत पार्टीका कार्यकर्ताद्वारा जनप्रतिनिधि सवार गाडीमा तोडफोड
यसपछिको सामग्रीचन्द्रपुर ०५ मा छोरिका लागी अभियानद्वारा कपडा वितरण