माघ ७,रौतहट// राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच गठबन्धन घोषणा भएको छ ।यी दुई दलले बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् ।

मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए । त्यस्तै लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो । लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन् ।एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवको उम्मेदवारी कायम भएको छ ।

त्यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ ।गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठ पनि उपस्थित थिए । लोसपा मधेश प्रदेश संसदीय दलका नेता तथा प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल पनि उपस्थित थिए ।

अघिल्लो सामग्रीमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको मौनता बिडम्बनापूर्णःएमाले
यसपछिको सामग्रीपरोहा बाट मदिरा बरामद