रौतहट ,माघ ५ // सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा सोमबार भएको आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए । रासस

अघिल्लो सामग्रीमहोत्तरीबाट नाइट्राभेट १० लागूऔषध सहित दुई जना पक्राउ
यसपछिको सामग्रीविदेशबाट आउनेलाई ५ दिन होम क्वारेन्टिन अनिवार्य