रौतहट ,माघ ५ // महोत्तरी प्रहरीले लागूऔषध नाइट्राभेट १० सहित दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका ४ कठुधारबाट लागूऔषधसहित प्रहरीले दुइ व्यक्तिलाइ पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बा ४६प ६२७३ नम्बरको मोटरसाइकलमा सवार काभ्रेको मण्डनदेउपुर नगरपालिका ६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका ४ बस्ने २३ वर्षीय आकाश ठाकुर रहेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयले जनाएको छ ।