काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेतालाई हत्या गर्ने दिएको धम्कीलाई आपत्तिजनक र बर्बरतापूर्ण भनेको छ ।
मन्त्री रेणु यादवले बुधवार गौरमा आयोजित कार्यक्रममा सो नरसंहारलाई गौरवका रुपमा वर्णन गर्दै आफूहरुसँग टकरावमा आउने सिके राउत र कार्यकर्ताको हालत त्यस्तै बनाइदिने चेतावनी दिनु भएको थियो ।एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरुलाई अर्को गौर नरसंहार गराएर हत्या गर्ने खुला धम्की दिनु बर्बरतापूर्ण भन्दै यो गम्भीर विषयमा सत्ता गठबन्धन र प्रधानमन्त्रीको मौनता बिडम्बनापूर्ण रहेको बताउनु भएको छ। उहाँले अपराधलाई प्रोत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने बताउनु भएको छ ।
यसैगरी एमाले सचिव योगेश भट्टराईले हिंसा मच्चाउने अभिव्यक्ति दिने रेणु यादवलाई मन्त्रीबाट नहटाए प्रधानमन्त्री र कांग्रेस हिंसाको पक्षमा रहेको पुष्टि हुने चेतावनी दिनु भएको छ ।
उत्त समाचार हिमालय टाइम्समा छ ।
आवरण मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको मौनता बिडम्बनापूर्णःएमाले