माघ ९, रौतहट // संघियता आएको ४ बर्ष बिते लगतै प्रदेश नम्बर २ ले प्रदेश सभाबाट मधेश प्रदेशको नाम पारित गर्याे । ‘मधेस प्रदेश’ नाम भएसंगै त्यही बिषय बनाएर जारी गरेको राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन् । सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था हुदाँ हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको छ ।

मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रुपमा हेरिएको छ । रासस

अघिल्लो सामग्रीरोल्पामा गाई काटेको आरोपमा दुई जना पक्राउ
यसपछिको सामग्रीवैशाखमा एसईईको परीक्षा हुने