रौतहट , ४ माघ //मधेसको राजधानी जनकपुर तोकिएपछि विरोधमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा मुडा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।प्रदेशसभाबाट सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो । वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल ¥यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको ¥याली पावरहाउस चोकतर्फ जाने क्रममा राधेमाईस्थित मुख्यमन्त्रीको घरतर्फ मोडिएको थियो ।
यालीमा सहभागी एक युवाले ढुंगा प्रहार गर्दा घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार ¥याली पावरहाउस जाने जानकारी गराइएको थियो । ‘पावर हाउसतर्फ जाने क्रममा अचानक ¥यालीबाट केही युवाहरु राधेमाईतर्फ मोडिएका थिए,’ प्रहरी प्रवक्तासमेत रहेका खनालले भने, ‘भिडमा रहेका एक युवाले ढुंगा प्रहार गरेको पाइएको छ, ढुंगा प्रहारले दुईवटा सिसामा प्वाल परेका छन् ।’सीसीटीभीमा ढुंगा प्रहार गर्ने युवकको पहिचान भइसकेको डिएसपी खनालले बताए । उनले भने, ’ढुंगा प्रहार गर्नेलाई नियन्त्रणमा लिएका छौं ।’
Uncategorized मधेस प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुंगामुडा प्रहार