माघ १३ , रौतहट // जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दै गर्दा हिमाली र पहाडी क्षेत्रको हिस्सा खुम्चिँदै जान थालेको छ । विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्नेको संख्या कुल जनसंख्या २३ लाख ४७ हजार १२३ जनाले बढेको छ ।१० वर्षमा पहाडी क्षेत्रमा ३ लाख ५४ हजार ५४१ जनाले जनसंख्या बढ्दा हिमाली क्षेत्रमा ३ हजार ६सय ८८ जना जनसंख्या कम भएको छ । १० वर्षमा कुल जनसंख्या २६ लाख ९७ हजार ९७६ बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ भने पहाडको वृद्धिदर कमजोर हुँदा हिमालमा जनसंख्या वृद्धिदर नै ऋणात्मक देखिन्छ । भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८मा ३।३९ प्रतिशतले वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । २०६८मा १ करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा हाल १ करोड ५६ लाख ६५ हजार पुगेको छ ।
मधेश प्रदेशमा उच्च जनसंख्या, कर्णालीमा कम
तथ्यांक अनुसार जनसंख्या सबैभन्दा बढी मधेश प्रदेशमा पाइएको छ । मधेश प्रदेशमा २०.९९ प्रतिशत र कर्णालीमा ५.८१ प्रतिशत जनसंख्या रहेको छ । बागमतीमा २०.८४ जनसंख्या छ । जनसंख्याको हिसाबले तेस्रो, थौचो, पाँचौ र छैठौंमा क्रमशः लुम्बिनी, प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् ।
प्रदेश १ ः ४९ लाख ७२ हजार २१ ९१७।०३ प्रतिशत
मधेश प्रदेश ः ६१ लाख २६ हजार २ सय ८८ ९२०।९९ प्रतिशत
बागमती प्रदेश ः ६० लाख ८४ हजार ४२ ९२०।८४ प्रतिशत
गण्डकी प्रदेश ः २४ लाख ७९ हजार ७ सय ४५ ९८।४९ प्रतिशत
लुम्बिनी प्रदेश ः ५१ लाख २४ हजार २ सय २५ ९१७।५५ प्रतिशत
कर्णाली प्रदेश ः १६ लाख ९४ हजार ८ सय ८९ ९५।८१ प्रतिशत
सुदूरपश्चिम प्रदेश ः २७ लाख ११ हजार २ सय ७० ९९।२९ प्रतिशत

अघिल्लो सामग्रीचन्द्रपुर ०५ मा छोरिका लागी अभियानद्वारा कपडा वितरण
यसपछिको सामग्रीरौतहटमा मोटरसाइकल दुर्घना हुदा दुई जनाको मृत्यु