चन्द्रपुर,१५ माघ// रौतहटको चन्द्रपूरमा प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा शनिवार प्रेस सेन्टर नेपाल रौतहट शाखाले वृहत मास्क वितरण गरेको छ । प्रेस सेन्टर रौतहटका अध्यक्ष डिल्ली बहादुर कार्कीको नेतृत्वमा चन्द्रनिगाहपुर चौकमा करीव ३ हजारभन्दा बढी मास्क वितरण गरिएको हो ।

विश्वमा महामारीकै रुप लिएको कोभिडको पछिल्लो स्वरुपबाट बच्नका लागि पनि मास्क आवश्यक रहेको र समाजमा यसको आवश्यकता बुझाउनका लागि पनि सेन्टरले मास्क वितरण गरेको अध्यक्ष कार्कीले बताउनुभयो । रौतहट जिल्लामा पनि कोभिडका विरामी विस्तार बढ्न थालेको र यसलाई थोरै मात्रामा पनि कम गर्न सामाजिक दुरी कायम गर्दै मास्क प्रयोग गर्ने, भ्याक्सिन लगाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेका कारण कोरोना माहामारीबाट बच्न सकिने अवस्था रहेकोले आफुहरुले पनि सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले सर्वसाधारण जनतालाई मास्कको प्रयोगका बारेमा जनचेतना अझै आइनसकेकोले यस किसिमको कार्यले थोरै मात्रामा भएपनि मास्कको प्रयोगका बारेमा बुझाउने कार्य भएको बताउनुभयो ।

सरोज नेपाल मक्स वितरण गर्दै

सरोज सर्जिकलले कार्यक्रमा लागि २ हजार थान मास्क, सेनिटाइजर सयोग गरेको थियो । हरेक नागरिकले स्वास्थ्य मापदण्ड अपनाउने हो भने कोभिड समाजमा फैलन नसक्ने भएकोले पनि सवै नागरिकले आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने सरोज सर्जिकलका प्रोपाइटर सरोज नेपालले बताउनुभयो । मानिसले जानीजानी मास्क खल्तीमा राखेर हिड्ने भएतापनि यसको प्रयोग भिडभाडमा हिड्दा लगाउनुपर्ने तर्फ जानकारी दिन सके अझ प्रभावकारी हुने बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रमेश तिमल्सिनाले प्रेस सेन्टर नेपालले कोभिडको महामारीको समयमा यसरी जनचेतनामूलक रुपमा मास्क वितरण गरेर समाजलाई जागरुक बनाएको बताउनुभयो । समाज जवसम्म जागरुक हुदैन तवसम्म कुनैपनि काम प्रभावकारी नहुने भएकोले यसरी जनतालाई मास्कको महत्व बुझाउन प्रेस सेन्टर नेपाल रौतहट शाखा सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।


कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनोज कुमार शाह, माओवादी केन्द्रका युवा नेता सरोज बछार,विद्यार्थी, युवा, शसस्त्र प्रहरी,नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतबाट खटिएका सुरक्षाकर्मीहरुले सडकमा मास्क नलगाई हिड्ने पैदल यात्रु, सवारी चालक तथा सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै यसको महत्वका बारेमा समेत प्रकाश पारेको प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सचिव ओमकिशोर चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा करीव २ हजार थान मास्क, सेनिटाइजर सरोज सर्जिकल चन्द्रनिगाहपुरले उपलब्ध गराएको थियो भने करीव १ हजार मास्क सिभिल अस्पतालले सहयोग गरेको थियो ।

अघिल्लो सामग्रीपारासिटामोल जान्नै पर्ने तथ्य
यसपछिको सामग्रीआईसीसी यू–१९ विश्वकप खेलकै क्रममा ५ दशमलब २ रेक्टर स्केलको भुकम्प