रौतहट,१४ माघ
सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलास तोकेको छ। सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय कार्की र शर्माको संयुक्त इजलास तोकेको हो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्।
यो समाचार नयापत्रीका दैनिकको अनलाइनमा छ।

अघिल्लो सामग्रीरौतहटमा छुट्टा–छुट्टै ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
यसपछिको सामग्रीनेपालमा थप ६ हजार बढीमा कोरोना संक्रमण,५ हजार ४३२ संक्रमणमुक्त