रौतहट, १९ पुष
नापी कार्यलय चन्द्रनिगाहपुरले गरेको बदमासीको पराकाष्ट भएको छ । नापी कार्यलय चन्द्रनिगहपुरले एक ब्यत्तिको नाममा रहेको जमिन अर्काको नाममा कित्ता काट गरेको खुल्न आएको छ । नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमिन बाट अर्कोको नाममा कित्ताकाट गरिदिएको पाइएको हो । आफ्नो नामको जमिन बाट अर्कोको नाममा कित्ता काट भएपछि संशोधन को लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दि“दा समेत बेवास्ता गरेको पीडित दुर्गा देवी सिंहले गुनासो गरीन् ।
जिल्लाको साबिक हथियाई गाबिस वडा नं ०६ हाल कटहरिया नगरपालिका वडा नम्बर ०२ निवासी दुर्गा देवी सिंह र कमला देवी सिंहको हथीयाई वडा नम्बर ४
(ख)जमुनिया स्थित कित्ता नम्बर ७३ को १ कठ्ठा ४ धुर जमिन लाई नापी कार्यालयका अमिन धनवीर चौरसिया र तत्कालीन नापी अधिकृत शिव शरण साहको मिलेमतोमा सोही स्थान निवासी रवीन्द्र कुमार साह कलवारको नाममा पुर्बपटि साढे दश धुर जमिन रहे पनि कित्ताकाट गर्ने क्रममा दुर्गा देवी सिंह र कमला देवी सिंहको जमिनको दक्षिण पूर्वबाट साढे दश धुर जमिनको कित्ताकाट गरिदिएको खल्न आएको हो ।
नापी कार्यालय चन्द्र्रनिगाहपुरका अमिन धनवीर चौरसियाले कित्ताकाट गर्दा तत्कालीन प्रमुखको निर्देशनमा गरेको बताउनु भयो । नापी कार्यालय चन्द्रनिगाहपुरका अमिनले आर्थिक चलखेलमा कित्ताकाट गर्दा एकको जमिन लाई अर्कोमा गाभिदिने गरेको पाइएको हो ।
कित्ताकाट गर्दा गुमेको आफ्नो जमिन फिर्ताको लागि तीन महिना देखि नापी कार्यालय चन्द्रनिगाहपुर धाउ“दा समेत बेवास्ता गरेको पीडित कमला देवीको भान्जा जय प्रकाश सिंहले गुनासो गर्नु भयो । जमिनको नक्सा संशोधन गरिदिनु पर्यो नहुने भए हुन नसक्ने पत्र दिनु पर्ने हो, पिडित सिंहले भने त्यो समेत नापी कार्यालय चन्द्रनिगाहपुर बाट हुन सकेको छैन ।भर्खरै आउनु भएका नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सबिन विकले कित्ताकाट गर्दा भुल भए पनि भौतिक संरचनाको निर्माण भएकाले केही गर्न नसकिने बताउदै आफु पंछिने काम गर्नु भयो ।
आवरण नापी कार्यलयको बदमासी एकको जमिन अर्काको नाममा कित्ताकाट