रौतहट ,माघ ५ // नक्कली नोट बनाउने कागजपत्र सहित महोत्तरी प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।आइतबार अबेर राती भारतबाट नेपाल तर्फ आउंदै गरेको अवस्थामा भिठ्ठामोडबाट सवारी साधन चेकजाँचको क्रममा प्रहरीले शंकास्पद कागजपत्र तथा नोटहरु सहित धनुषाको लक्ष्मिनियां गाउंपालिका–१ का २३ वर्षीय असरफ मोहम्द र जनकपुर उप–महानगरपालिका–६का २६ वर्षीय मोजाहिद रेजालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउंदै गरेको बा.२१च ६७६१ नं.को रातो रंगको कारलाई शंकास्पद अबस्थामा चेकजाँच गर्ने क्रममा सो कारको डिक्की भित्र रहेको कालो रंगको झोलाबाट नेपाली रुपियाँ एक हजार दरको नोट र पछाडी पट्टी नेपाली १ हजारको नोट समेत थान २ राखी नेपाली १हजारको नोटको साईजको कटिंग गरेको ५ व्याण्डललाई रवरले बाँधेको प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरेको कागज जम्मा ४ सय ५६ थान, बाहिरी पट्टी नेपाली पाँच सय दरको नोट र पछाडी पट्टी नेपाली पाँच सयको समेत थान २ राखी नेपाली पाँच सयको नोटको साईजको कटिङग गरेको ९ व्याण्डललाई रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरेको कागज ४ सय ८५ थान, बाहिरी पट्टी नेपाली पाँच सय दरको नोट र पछाडि पट्टी नेपाली पाँच सयको नोट समेत थान २ राखी नेपाली पाँच सयको नोटको साईजको कटिङग गरेको ९ व्याण्डलमा रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिङग गरी राखेको कागज ५ सय १५ थान बरामद गरेको छ ।

असरफ मोहम्द र मोजाहिद रेजा

त्यसैगरी बाहिर पट्टी नेपाली एक सय दरको नोट र पछाडी पट्टी नेपाली सयको नोट समेत थान २ राखी नेपाली एक सयको नोटको साईजको कटिङग गरेको ९ व्याण्डललाई रवरले बाँधी प्लाष्टिकमा प्याक गरी एउटै व्याण्डल बनाई कटिंङग गरी राखेको कागज ६ सय ५० थान समेत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खोटा मुद्रा तयार गर्नको लागि नेपाली नोट एक हजार,पाँच सय तथा एक सय दरका नोटको साइजको कटिंग गरिएको कागज सहित दुइ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बा.२१ च ६७६१ नं.को रातो रंगको नेक्सन कार समेत नियन्त्रणमा लिई कानून वमोजिम खानतलासी तथा वरामद गरी मोहम्द र रेजालाई पक्राउ गरी महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिप्रका महोत्तरीले जनाएको छ ।

नक्कली नोट ५ सय १५ थान
अघिल्लो सामग्रीब्यान्ड च्याम्पियन रियालिटी शो सुरु हुदै
यसपछिको सामग्री२४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु