माघ ७,रौतहट(सास)// बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए ।
सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए । लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्र्तिमान समेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो ।लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको सो कीर्तिमान तोडेका हुन् ।
यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।‘धेरै(धेरै धन्यवाद । म यो अवार्ड जित्दा ज्यादै हर्षित छु । म यो अवार्ड मेरो टोली सहयात्री र प्रशिक्षकलाई समपर्ण गर्न चाहन्छु । मैले कहिले पनि मुलरको कीर्तिमान तोड्छु होला भनेर कल्पना समेत गरेको थिएन । केही वर्ष अघिसम्म मलाई यो असम्भव लाग्थ्यो । अहिले मुलर हामीमाझ छैनन् । मैले उनको कीर्तिमान तोडे । उनलाई धन्यवाद भन्न चाहन्छु । उनको प्रेरणामा मैले राम्रो प्रदर्शन गरे,’ लेवान्डोस्कीले भनेका छन् ।एजेन्सी