चन्द्रपुर,१४ माघ
जेसिस चन्द्रनिगाहपुर सिटि ले चन्द्रपुरमा माक्स बितरण तथा कोरोना भाईरस (ओमिक्रोन) विरुद्ध सचेतना कार्यक्रम गरेको छ । शुक्रवार बिहान चन्द्रपुरको मुख्य चोक मा सवारीचालक,सर्व साधारण तथा स्थानियलाई माक्स बितरण तथा सचेतना कार्यक्रम गरेको काय्रक्रम संयोजक जिवन कटवालले जानकारी दिए । चन्द्रपुर ४ स्थित सिभिल हस्पिटलको प्रायोजना तथा जेसिस चन्द्रनिगाहपुर सिटिको आयोजनामा आज बिहान र दिउसो सडकमा माक्स बितरण गरीएको हो । कोरोना को तेस्रो लहर सुरु भैसक्दा पनि कतिपय मानिसहरु बिना माक्स हिड्ने गरेको र कोरोना भाईरसको नया भेरिएनट (ओमिक्रोन) सम्बन्धि सचेतना जगाउन कार्यक्रम गरीएको जेसिस वर्ष २०२२ का अध्यक्ष उज्वल रिजालले बताए । अध्यक्ष रिजालले सम्पुर्णमा सचेत रहन र मास्को प्रयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममा सडकमा आवतजावत गर्ने यात्रु लाई मास्क बितरण गरीएको थियो । माक्स वितरण तथा कोरोना भाईरस (ओमिक्रोन) विरुद्ध सचेतना कार्यक्रममा जेसिस चन्द्रनिगाहपुरका आजिवन सदस्य बाल कृष्ण श्रेष्ठ,जनकराज भारति,वर्ष २०२१ का अध्यक्ष लोकेन्द्र खड्का,२०२२ का अध्यक्ष उज्वल रिजाल,सिभिल हस्पिटल का डाईरेक्टर राजन कुमार साह,जेसिसका पदाधिकारीहरु लगाएत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।





