माघ १२ , रौतहट

जनमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन आएका जनप्रतिनिधि सवार गाडीमा तोडफोड गरेका छन् । बुधबार सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडी प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । राष्ट्रियसभा सदस्य पदका लागि मतदान गर्न नगर प्रमुख प्रसाई र उपप्रमुख पौडेल प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा चढेर जनकपुर गइरहेका थिए । सोही क्रममा जनकपुरधामस्थित राम चोकमा जनमत पार्टीका कार्यकर्ताले गाडीमा तोडफोड गरेका हुन् । नगर प्रमुख प्रसाईलाई चोट समेत लागेको जनाइएको छ । धनुषा प्रहरीले जनमत पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ भने प्रदर्शन तितरबितर तुल्याउन कयौँ राउण्ड अश्रुग्याँस प्रहार भएको छ । जनकपुरधाममा आज बिहानैदेखि मल खाद्य देऊ, मत लेऊ भन्दै किसानका नाममा सीके राउतका कार्यकर्ताले आन्दोलन गर्दै आएका छन् ।
प्रहरी र जनमतका कार्यकर्ताबीच झडप
किसान आन्दोलन गरिरहेका डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा दोहोरो झडप भएको छ । झडपमा दर्जनौं जनमतका कार्यकर्ता र केहि प्रहरी समेत घाइते भएका छन् । जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय अगाडी महेन्द्र नारायण निधी प्रतिष्ठानमा भइरहेको राष्ट्रिय सभा निर्वाचनतर्फ प्रदर्शनकारी जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको बुझिएको छ ।स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेका ्थियो । पहिला खाद देउ, अनि भोट खसाउ भन्दै जनमतका कार्यकर्ता विहानैदेखि राष्ट्रिय सभा निर्वाचन भइरहेको ठाउँमा प्रदर्शन गरेका थिए ।

अघिल्लो सामग्रीमधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सकियो
यसपछिको सामग्रीराष्ट्रिय सभामा मधेस प्रदेशमा अर्याल विजयी