माघ १३ , रौतहट//मध्य मधेशमा चिसो र शितलहरले गर्दा जन जिवन प्रभावित भईरहेको बेला चन्द्रपुरमा गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राजपैडामान छोरि का लागि छोरि अभियान संस्थाद्वारा नहरको छेउमा छाप्रा बनाएर बस्ने गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको संस्थाकी उपाध्यक्ष अनिता तिमल्सिनाले जानकारी दिइन । परीवारको अवस्था निकैनै कष्टकर रहेको हुँदा रहात स्वरुप न्यानो कपडा बितरण गरीएको छोरि का लागि छोरि अभियान संस्थाकी सचिव इन्दिरा बिकले बताईन् । समाजसेवी केदार प्रसाद तिमल्सिनाको सहयोग र छोरि का लागि छोरि अभियानले बुधबार १०० जनालाई न्यानो कपडा वितरण गरिएको केदार प्रसाद तिमल्सिनाले बताए । कार्यक्रममा सोहि संस्थाकी उपाध्यक्ष अनिता तिमल्सिना , सचिव इन्दिरा बिक ,कोषाध्यक्ष सुनिता तिमल्सिना , सहसचिव सन्जु तिमल्सिना ,सदस्यहरु निर्मला तिमल्सिना र देबि ढकाल ,समाजसेवी केदार प्रसाद तिमल्सिना तथा प्रहरी लगाएतको उपस्थिति रहेको थियो । छोरीको लागी छोरी अभियानले समाज रहेको महिला हिङसा,समाजिक वेतिथी र महिलाको हकहितको लागी आवज उठाउदै समाजमा बिभिन्न् समाजिक कार्यमा सक्रिय हुदै आएको छ ।

अघिल्लो सामग्रीराष्ट्रिय सभामा मधेस प्रदेशमा अर्याल विजयी
यसपछिको सामग्रीमधेसमा सबभन्दा बढी जनसंख्या