माघ ९ ,रौतहट//रौतहटको चन्द्रपुरमा यु आर गोल्ड प्रिमियम मसला चियाले निशुल्क चिया वितरण गरेको छ । बढ्दै गएको जाडोसंगै चियाको प्रचार प्रसार गर्ने उदेश्यका साथ चिया क्याम्पेनको आयोजना गरि निशुल्क चिया बितरण गरिएको हो । रौतहटको चपुरबाट शुरु गरिएको चिया क्याम्पेन देशका बिभिन्न स्थानमा गरिने सञ्चालक उमेश चौलागाईले जानकारी दिनुभयो ।
बगानबाटै टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको संचालक चौलागाईले बताएका छन् । मसला चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको उहाले बताउनुभयो ।
उक्त चियापतीको मुनाफाको केहि रकम अनाथ बालबालिकाको शिक्षामा खर्च गर्ने योजनाका साथ यु आर गोल्ड प्रिमियम मसला चिया यतिबेला प्रचार प्रसारका लागी देश दौडामा छ ।
चन्द्रपुर चोकमा आयोजित निशुल्क चिया वितरण कार्यक्रममा सयौ सहभागिता रहेको थियो ।निशुल्क चिया बितरण कार्यक्रममा पुगेका सर्वसाधारणहरुले यो चिया सेवन गर्नु स्वास्थयको लागी निकै फाईदाजनक रहेको बताएका छन्

अघिल्लो सामग्रीक्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही हुन्छ : राष्ट्र बैंक
यसपछिको सामग्रीआफ्नै श्रीमतीको हत्या गरी बेपत्ता