चन्द्रपुर// रौतहटबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ परेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ थलहीका २० वर्षीय सुमन विकलाई बिहिवार दिउँसो १ बजेतिर लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले बाटोमा हिडिँरहेका विकलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनका साथबाट एर्नागन, नाइट्रभेट लगाएत विभिन्न किसिमका १४५ पिस लागूऔषसहित पक्राउ गरिएको हो । पक्राउ परेका बिक बाट Diazelab Injection Ip 2ML-३८ पिस, Buprenorphine Injection IP 2 ML-३६ पिस, Rx Promethazine Hydrochloride Injection IP Phenergan 2 ML को ३९ पिस, Nitrazepam Tablet IP Nitravet-10 को ३२ पिस समेत गरी १४५ पिस लागू औषध फेला परेकोले ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामीछानेले जानकारी दिए ।
पक्राउ परेका विकमाथि आवश्यक अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

अघिल्लो सामग्रीनेकपा एमाले रौतहट अधिवेशन १ माघमा
यसपछिको सामग्रीसाझावाणी दैनिक पुष ३० गते ई-पेपर