रौतहट,माघ ०४// सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए । बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।
प्रदेश खवर गठबन्धन सरकार : वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत