रौतहट,माघ ०५ // बाराको आदर्श कोतवाल गाउपालिका– ७ कोतवालीकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोतवाल गाउपालिका–८ का ४० वर्षीया शान्तिदेवी कानु र उनका २० वर्षीय छोरा सन्तोष साह कानु छन् ।शान्तिदेवीलाई दसी प्रमाण लुकाएको र सन्तोषमाथि बालिका बलात्कार गरी हत्या गरेको आरोप लागेकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।मंसिर २५ मा गोठालो गएकी बालिका पानी खान सन्तोषको कुखुरा फर्ममा जादा बलात्कारपछि हत्या गरी जमुनी खोलामा फालेको आरोप उनीहरुमाथि लागेको छ । बालिकाको शव २७ गते प्रहरीले भेट्टाएको थियो । शव खोज्न प्रदेश प्रहरी कार्यालयबाट ल्याइएको तालिम प्राप्त कुकुरको सहारा लिइएको थियो ।
अपराध करणी पछि बालिका हत्याको आरोपमा आमाछोरा पक्राउ