रौतहट ,माघ ५ // एपिएफले पिएम कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनायो । बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि उपाधि जिताउन सकेनन् । दीपेन्द्रले दुई जीवनदान पाएका थिए ।

एपिएफका किशोर महतोले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेला, अभिनाश बोहरा दीपक बोहराले १–१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रनको योगदान दिए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडे ।तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख एज लागेर विकेटकिपर दीलिप नाथबाट ९ रनमा क्याच आउट भए । विजेता एपिएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्नेछन् । पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।

अघिल्लो सामग्रीसंकटमा बेलायती प्रधानमन्त्री जोनसन
यसपछिको सामग्रीमुख्यमन्त्री राउतद्वारा मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण