चन्द्रपुर ,माघ ५ // रौतहटको चन्द्रपुरमा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जाडो बढे सघै विभिन्न स्थानमा दाउरा वितरण गरेको छ ।इलाका प्रहरी कार्यालय चन्द्रपुरले विभिन्न ठाउँबाट दाउरा संकलन गरि चन्द्रपुर चोक देखि बजारको विभिन्न स्थानमा दाउरा बितरण गरेका छन् ।
अत्याधीक चिसो ,बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र हावा चलिरहेका हुदा रौतहटको जनजीवन समेत प्रभावित बनेको छ । बादल, हुस्सु, शीतलहरले गर्दा रौतहटको आसपासका जिल्लाका बासिन्दा पनि प्रभावित बनेका छन् । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण नियमित सवारी आवागमनमा पनि समस्या भएको स्थानीय सवारी चालक सुनिल महर्जनले बताएका छन् । हुस्सु संगै परेको शितलहरले आम नागरिकहरूको जनजिवन प्रभावित भएको बाताए ।सोहि कुरालाई मध्यनजर गर्दै कार्यालयका प्रहरी प्रमुख (डिएसपी )लिलाराज लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले शितलहरको प्रभावबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यले चन्द्रपुरको विभिन्न स्थानमा आगो बाल्ने व्यबस्था गरिएको र ठाउँठाउँ लगेर दाउरा वितरण गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मधेशमा कठ्यांग्रिने गरी चिसो बढेको हुँदा मधेशको जनजीवन निकै कष्टकर बनेको छ । सोमबारदेखि नै घाम समेत नलागेको हुदा मधेशमा दैनिक जीवनयापन चलाउन हम्बे हम्बे भएको छ ।चन्द्रपूका सर्वसाधारणले यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन् । सोबार देखि चन्द्रपूरमा घाम लागेको छैन । मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसो स्याँठ चलिरहेको हुदा सर्वसाधरण, बालबालिका, बृद्धबृदालाई स्वाथ्यमा समस्या आउन सक्छ । यस क्षेत्रमा आइतबार देखि अत्याधिक चिसो बढ्न थालेको हो ।
![](https://www.esajhavanidainik.com/wp-content/uploads/2022/01/Screenshot-132-1.png)
![](https://www.esajhavanidainik.com/wp-content/uploads/2022/01/chapur-1.jpg)