माघ ७,रौतहट(सास)// माली समूह विजेता बन्दै अफ्रीका कप अफ नेसन्स फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति मौरिटानियालाई २ ० गोल अन्तरले हराउँदै माली समूह एफ को विजेता बनेको हो ।

खेलको दोस्रो मिनेटमा मास्साडियो हैडाराले गोल गर्दै मालीलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ४९ औं मिनेटमा इब्राहिम कोनेले पेनाल्टीमा गोल गर्दै मालीलाई २(० को जित दिलाए ।यस जितसँगै मालीले ३ खेलमा ७ अंक जोड्यो ।समूहमा गाम्बिया समूह उपविजेता बन्यो ।गाम्बियाले पनि ७ अंक जोड्यो ।बिहीबार राति गाम्बियाले ट्युनिसियालाई १ ० ले हराएको थियो ।अन्तिम १६ मा मालीले इक्वेटोरियल गिनीसँग खेल्नेछ । गाम्बियाले नाइजेरियाविरुद्ध खेल्नेछ । एजेन्सी

अघिल्लो सामग्रीदोस्रो पटक लेवान्डोस्की फिफा पुरुष वर्ष खेलाडी चयन
यसपछिको सामग्रीनिर्वाचन आयोगद्धरा तीन राजनीतिक दलको दर्ता खारेज