रौतहट,माघ ०४ // अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी जाँदा अन्य दर्जनौं घाइते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ । घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्पले पुयाएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ । क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो । भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो ।

अघिल्लो सामग्रीगठबन्धन सरकार : वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत
यसपछिको सामग्रीप्रशान्त महासागरको ज्वालामुखीले टोंगामा उल्लेख्य क्षति पुगेको अनुमान