माघ १२ , रौतहट// सप्तरीको पूर्व पश्चिम सडक खण्डमा ट्रकमा आगजनी गरिएको छ । मंगलबार गएराति करिब ११ बजेतिर कुखुराको दाना लोड गरी गइरहेको ट्रकमा अज्ञात समूहले आगजानी गरेको प्रहरीले जनाएको छ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ स्थित विशाल चोकबाट पूर्वतर्फ जादैँ गरेको अवस्थामा ना ५ ख १९११ नम्बरको ट्रकमा आगजनी भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।
प्रदेश खवर अज्ञात समूहद्वारा ट्रकमा आगजनी


