पुष ७,रौतहट
सप्तरीबाट लागुऔषध ब्राउन सुगर सहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल भिमनगर ग्राम पञ्चायत वडा नं ४ का ३१ वर्षीय गोलु भन्ने रतन शर्मा र ३५ वर्षीय जय प्रकाश पासवान रहेका छन्। सप्तरीको कंचनरुप नगरपालिका–२ स्थित पुर्व पश्चिम लोकमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । खैरो हिरोईन ब्राउन सुगर २२ ग्राम र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको उनले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
अपराध सप्तरीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ