सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै यादवले भने, “मधेश आन्दोलनको माग पूरा गर्न अबिलम्व संविधानलाई परिमार्जन एवम् संशोधन गर्नुपर्दछ।”
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले विगतका आन्दोलनका क्रममा भएका सहमति, सम्झौता पूरा गर्न ढिलो गर्न नहुनेमा जोड दिए।
राजनीति संविधान संशोधन र परिमार्जन गरौं : उपेन्द्र यादव