रौतहट – रुपन्देहीको लुम्बिनीमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट भएको छ । गएराति आगो लाग्दा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेको छ ।
आगलागीबाट ७० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किएको प्रहरीले जनाएको छ ।
अर्थतन्त्र लुम्बिनीमा अग्निकाण्ड हुँदा १२ वटा पसल जलेर नष्ट