पुस ९, रौतहट// रौतहट प्रहरीले गाँजा सहित तीन महिलालाई पक्राउ गरेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं ४ मेथुरचोक स्थित सडकमा चेकजाँच गर्ने क्रममा चन्द्रपुरबाट गौरतर्फ जानको लागी आएको ना १ ह ५७५५ नं को टेम्पु रोकी चेकजाँच गर्दा महिलाहरुलाई पक्राउ गरिएको हो ।

लागु औषध गाँजा सहित तीन महिला

उनीहरुको साथबाट १० किलो गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नं ११ शक्तिखोर बस्ने बर्ष ३० की अस्मिता प्रर्जा , सोही ठाउँ बस्ने बर्ष २६ की रेशमा प्रजा र बर्ष ३४ की मनमती चेपाङ रहेका छन् ।पक्राउ परेका तीनै जनालाई लागु औषध कसूर मुद्दामा जिल्ला अदालत गौरबाट १० दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

अघिल्लो सामग्रीबेलायतमा एकैदिन १ लाखभन्दा बढी कोरोना संक्रमित
यसपछिको सामग्रीनेपाली काँग्रेसको प्रदेश २ सभापतिमा रौतहटका यादव निर्वाचित