पुष १,रौतहट// रौतहटको परोहा नगरपालिका ८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुधवार दिउँसो भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसादलाई नियन्त्रणमा लिएको हो।

बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँ सहित फेला पारी मोटरसाइकल चालक बिकाश र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।

नक्कली नेपाली रुपैयाँ
अघिल्लो सामग्रीरक्षामन्त्री रिजालले दिए राजीनामा
यसपछिको सामग्री७७ देशमा फैलियो ओमिक्रोन