पुस ३,रौतहट // तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकाको शिक्षा शाखामा शिक्षकहरुले तालाबन्दी गरेका छन । स्कुलमा नियमित रुपमा विद्यालयमा अध्ययन गराउदै आएपनि शिक्षकहरुले तलव पाएका छैनन् ।माध्यमिक विद्यालय दुधिअवाका कर्मचारी गोविन्द चौधरीको अगुवाईमा नगरपालिकामा शुक्रबार दिउँसो १ बजे शिक्षा शाखामा तालाबन्दी गरेको सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादवले बताए । तलबको माग गर्दै शिक्षक शिक्षिका तथा कर्मचारीहरु गत मंसिर २५ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन । आइतवार सम्म मागको सुनुवाई नभए सोमवार फतुवा बिजयपुर नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी गर्ने पीडित शिक्षक तथा कर्मचारीले चेतावनी दिएका छन ।

अघिल्लो सामग्रीमोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
यसपछिको सामग्रीनेकपा एमाले प्रदेश २ को अध्यक्षमा यादव