मंसिर २९,रौतहट // रौतहटको पोखरीमा एक जना युवकको शव फेला परेको छ। गौर नगरपालिका वडा नम्बर १ स्थित शिवालय मन्दिरको छेउमा रहेको पोखरीमा युवकको शव फेला परेको प्रहरीले जनाएको छ। शव स्थानीय वडा नम्बर २ निवासी ३० वर्षीय शेख एकवालको रहेको प्रहरीले पुष्टि गरेको छ । युवकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा राखिएको र थप अनुसन्धान भइरहेको रौतहट प्रहरीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए ।

अघिल्लो सामग्रीटिपरको ठक्करबाट एकको मृत्यु
यसपछिको सामग्रीप्रदेश २ मा माओवादी केन्द्रको नेतृत्वका आकांक्षीहरु