१२५ किलो मालाले स्वागत

रौतहट,१३ मंगलवार
नेपाली कांग्रेसका नव निर्वाचित प्रदेश २ का सभापति कृष्ण यादवले आफु साझा सभापति रहेको बताएका छन् । नेपाल शिक्षक संघ रौतहटले अयोजना गरेको प्रदेश २ को नव निर्वाचित सभापति र पदाधिकारीलाई सम्मान तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै सभापति यादवले यस्तो बताएका हुन् ।
आफु प्रदेश २ को सभापति हुँदै गर्दा सबैको साझा रहेर भुमिका निर्वाह गर्ने यादवले बताए । लामो इतिहास बोकेको नेपालि कांग्रेस को शाख लाई बचाउदै गुट उपगुटलाई चिर्दै कार्यकर्ताको मागलाई सम्बोधन गर्दै अघि बढ्ने उनले बताए । आफु एक्लै बाट आफ्नो भुमिका पुरा नहुने र सम्पुर्ण नेपालि कांगे्रसको शुभेक्षुक,पार्टि प्रति माया गर्ने सम्पुर्ण कार्यकर्ता को साथ सहयोग र सदभावले मात्र सम्भव हुने उनले बताए ।

नेपाली कांग्रेसका नव निर्वाचित प्रदेश २ का सभापति कृष्ण यादव.

मलाई माया गरेर बिस्वास गरेर जुन जिम्मेवरी दिनु भएको छ सो आर्शिवादलाई आत्मा सम्मान गर्दै नेपालि कांगे्रस पार्टिलाई प्रदेश २ मै एक नंम्बर पार्टि बनाउने सभापति यादवले बताए । यस भन्दा अघि यादव रौतहट जिल्लाका सभापति थिए । आगामी निर्वाचनमा रौतहटको ४ वटा क्षेत्र, १८ वटै पालिका र प्रदेश २ को ८ वटै जिल्लामा कागे्रस बहुमतले बिजयी हुने सम्भावना समेत रहेको यादवले जिकिर गरे । “यो पार्टि भित्रको चुनाव हो,मत प्राप्ति भनेको बिश्वास प्राप्ति हो” यसलाई कहिले डकमकाउन दिने छैन,यादवले प्रतिबद्धता गरे ।

प्रदेश सदस्य सूर्यबहादुर थापा, नितेशकुमार गुप्ता .

कार्यक्रममा रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रदेश समिति सदस्य पदमा निर्बाचित भएका अन्य तीन जनालाई समेत सम्मान गरीएको छ ।
नबनिर्बाचित प्रदेश सभापति सहित प्रदेश सदस्य सूर्यबहादुर थापा, नितेशकुमार गुप्ता र अरुण साह लाई समेत सम्मान गरीएको छ । निर्बाचित मध्यका गुप्ता सबैभन्दा कान्छो सदस्य समेत हुन् । प्रदेश सभापति यादबलाई उक्त सम्मान तथा शुभकामना कार्यक्रममा १ सय २५ किलोको मालाले समेत सम्मान गरीएको हो । नेपाल शिक्षक संघ रौतहटले ले प्रदेश समितिमा निर्बाचित जिल्लाका सम्पूर्णलाई सम्मान पत्र सहित सम्मान गरेका हो ।

नेपाली कांग्रेसका नव निर्वाचित प्रदेश २ का सदस्य नितेशकुमार गुप्ता ..

कार्यक्रममा जिल्लाका क्षेत्रिय सभापतिहरु, क्षेत्रिय प्रदेश सभापतिहरु, अधिकांश नगर सभापतिहरु, वडा सभापतिहरु लगायत नेपाली काँगेशका बिभिन्न नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

अघिल्लो सामग्रीस्कारपियो दुर्घटनामा थप एक जनाको मृत्यु,संख्या ५ पुग्यो
यसपछिको सामग्रीचन्द्रनिगाहपुर मा जनमत पार्टिको प्रदर्शन,सडक अवरुद्ध गर्न खोज्दा ७ जना पक्राउ