महोत्तरीको भंगहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
बिहीबार राति भएको दुर्घटनामा परी स्थानीय २८ वर्षीय मुबारक अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
२५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकोमा गम्भीर चोट लागेको थियो।
दुर्घटनापछि उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा लगिएको मुबारकको राति १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालक चौधरी भने फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रदेश खवर मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु