८ पुस, रौतहट//भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । ४ जना गम्भीर रुपमा घाइते छन् । हड्तालका कारण अदालतमा भीड कम थियो । यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो । बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ । घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका जताएका थिए । प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् । वकिलकाम हड्तालका कारण साधारण दिनको तुलनामा बिहिबार यहा कम भीड थियो । एजेन्सी
अन्तराष्ट्रिय भारतको अदालतभित्र बिस्फोट ,दुईको मृत्यु