The City of London, financial district of the Metropole, just after sunset with illuminated buildings and cloudy sky, United Kingdom

८ पुस, रौतहट//बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहँ एकै दिनमा ९६ हजार जना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो । बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । हरेक दिनजसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन् । यहँका अधिकारीहरुले प्रकोप शुरू भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ यसकारण यहाका कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
यहा अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी पुगेको बताइएको छ । पछिल्ला हप्ताहरुमा सङ्क्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ ।एजेन्सी

अघिल्लो सामग्रीभारतको अदालतभित्र बिस्फोट ,दुईको मृत्यु
यसपछिको सामग्रीरौतहटमा लागु औषध गाँजा सहित चितवनका तीन महिलालाई प्रहरीले पक्राउ