रौतहट,१९ मंसिर
चन्द्रपुर नगरपालिका ६ मा रहेको बाल निकेतन माध्यामिक बिधालयमा आईतवार बाट ४७ औ जुनियर डिभिजन तालिमको प्रारम्भ भएको छ । बिध्यालयको प्राङ्गणमा औपचारी कार्यक्रम गरी तालिमको सुरुवात गरीएको छ ।
श्री राष्ट्रिय सेवा दल द्धारा संचालित सि.सं. ४७ आंै जुनियर डिभिजन तालिमको प्रथम प्रवचन गरी रौतहट गौर स्थित बिर दल गणका प्रमुख सेनानी श्री राजन दहालको प्रमुख आतिथ्यमा र चन्द्रपुर नगरपालकाको शिक्षा संयोजक उप-सचिव कृष्ण प्रसाद सिग्देलको बिशिष्ट आतिथ्यमा तालिम सुरु भएको हो । प्रथम प्रवचन मा आफ्नो शभकामना मन्तव्य राख्दै उप सचिव कृष्ण प्रसाद सिग्देलले बिध्यार्थी भाई बहिनि हरु पढाई संगसगै अनुशासित हुनु पर्ने बताए ।
उत्त तालिमले बिध्यार्थीहरुलाई चुस्त र दुरुस्त राख्नुको साथै अनुसासित ब्यत्तिको पहिचान दिने भएकाले प्राम्भिक तालिम बाट भोलि देशको सेवामा खटिन बाटो खुल्ने बताउनु भयो ।
४७ आंै जुनियर डिभिजन तालिममा बालनिकेतन बिधालयको १८ जना छात्र १८ जना छात्रा सहभागी रहेका छन् । उत्त बिध्यालयको यो दोश्रो ब्याच हो । यस भन्दा अघिको ब्याचले बिभिन्न बिधामा प्रथम,दोश्रो र तेस्रो श्रेणी स्थान हासील गर्न सफल भएकाले यो दोश्रो अवसर बिध्यालयले पाएको बालनिकेतन मा.वि का डाईरेक्टर दिपक रेग्मी ले बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा बिर दल गणका प्रमुख सेनानी श्री राजन दहालले श्री राष्ट्रिय सेवा दलले संचालन गरेको तालीमको बारेमा स्पष्ट पार्नु भएको थियो । ५१ दिनको यो तालिममा पिटी परेड गराइन्छ भने कतिपय व्यावहारिक ज्ञान पनि सिकाइने प्रमुख सेनानी श्री राजन दहाले बताए ।
‘यो तालिमको मुख्य उद्धेश्य कुशल यूवा दस्ता बनाउने हो। ’ दहालले भने,‘यूवाहरूको क्षेमता अभिवृद्धि गरेर अनुशासित दस्ता बनाउने हो।’
तालिममा मास पि.टी,ड्रिल,विपदको अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्य लगायत सिकाइन्छ। तालिमका लागि आधा छात्र र आधा छात्रा छनोट गरिन्छ ।
राष्ट्रिय सेवा दलले विभिन्न सात राष्ट्रसँग यूवा आदनप्रदान कार्यक्रम समेत गरिरहेको छ। राष्ट्रिय सेवा दलको सुरुवात २०२२ देखी भएको थियो ।
प्रथम प्रवचन कार्यक्रमको संचालन भने बिर दल गणका उप (सेननी लक्ष्मी तामाङ्गले गर्नु भएको थियो ।