पत्रकारद्धय मनोज साह ..

रौतहट,१९ मंसिर
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा हाईवे न्युज दैनिकका प्रकाशक मनोज साह प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्यमा चयन भएका छन् । रौतहट चन्द्रनिगाहपुर घर भई लामो समय देखी संचार गृह चलाउदै,पत्रकारीता गदैै आएका साह चितवनमा सम्पन्न प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाअधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । उनि लोकप्रिय पत्रकार हुन ।
आफु प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा पत्रकारद्धय मनोज साहले धन्यवाद ब्यक्त गरेका छन् । केन्द्रिय सदस्यको भुमिका निर्वाह गदैै गर्दा सम्पुर्ण संचारकर्मीको हक हितमा रहेर,न्युनतम पारीश्रामी मा जोड दिने र पत्रकारको सुरुक्षाको बिषयमा आवाज बुलन्द पारेर सकृय रहने साहले बताए । साह निर्वाचित भए पछि रौतहटका पत्रकारहरु हर्षित भएका छन । शुभकामनाको समेत ओहीरो लागेको छ । मनोज साहले सफल रुपमा प्रेस सेन्टर नेपाल,रौतहट शाखाको अध्यक्ष पदमा समेत आफ्नो भुमिका निर्वाह गरीसकेका छन् ।।

अघिल्लो सामग्रीसिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, कहिलेबाट र?
यसपछिको सामग्रीबालनिकेतमा श्री राष्ट्रिय सेवा दलको ४७ औ जुनियर डिभिजन तालिम सुरु