साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । ढाकामा हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
यस बराबरीसँगै दुवै टोलीले पहिलो खेलमै १/१ अंक बाडेका हुन् । नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ । श्रीलंकाविरुद्धको खेलमा नेपाल पहिलो जितको खोजिमा रहनेछ । तर, श्रीलंकालाई जित्न नेपाललाई सहज भने हुनेछैन् ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाएका छन् ।

अघिल्लो सामग्रीराष्ट्रिय महिला भलिबल टोलीको घोषणा
यसपछिको सामग्रीइंग्ल्यान्डलाई आइसिसीको जरिवाना