८ पुस, रौतहट // नेपाली काँग्रेस प्रदेश नं २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान सुरु भएको छ । बिहाीबार बिहानैदेखि जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान प्रक्रिया भइरहेको छ ।
नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न ७२ पदमा १७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ५ जना सदस्य निर्विरोध नर्वाचित भइसकेका हुन् । यस्तै, बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि समूहबीच झडप भएको कारण हिजो मतदान स्थगित गरिएको थियो ।