पुस ३, रौतहट // दयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ रंगमञ्चमा पनि हेर्न पाइने भएको छ । यही ३ पुसबाट उपन्यासको नाट्य रुपान्तरण राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो ।रमेश बिजीले नाटकको रुपान्तर गरेको नाटक सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले मन्चन गर्न लागेको हो । नाटक ३ देखि ९ पुससम्म हुनेछ । मुलत विधार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो । दैनिक बिहान ८ बजे ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो नाटक मञ्चन हुने नाचघरले जनाएको छ ।नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुनेछ । कक्षा १२ तथा स्नातकका विधार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ । नाटक निर्देशन वीरेन्द्र हमालले गरेका छन् । नाटक मञ्चनका लागि कलाकारले अभ्यास थालिसकेका छन् ।

अघिल्लो सामग्रीनेकपा एमाले प्रदेश २ को अध्यक्षमा यादव
यसपछिको सामग्रीटिपरको ठक्कर बाट मोटरसाइकल चाकलको मृत्य