दाङको तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तीन जनाको मृत्यु भएको र अन्य १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ निवासी ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीय सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का रहेका छन् ।
आइतबार अपराह्न ४ बजेतिर तुलसीपुर ३ सिरखोला नजिकै दुर्घटनामा परेको हो । गाडीको आफै ‘स्टार्ट’ बन्द भएर ब्रेक नलाग्दा दुर्घटना भएको हो ।
रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

अघिल्लो सामग्रीप्रदेश-२ मा स्वास्थ्य अनुसन्धान परिषद् स्थापना अनुसन्धान अवस्था फितलो भएकै कारण स्वास्थ्य क्षेत्र कमजोर : मुख्यमन्त्री राउत
यसपछिको सामग्रीएटलसलाई ७० वर्षपछि लिगको उपाधि