पुष ०६,रौतहट//ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर सर्लाहीको लालबन्दीमा आज बिहानैदेखि विद्यार्थीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
उनीहरुले पीडितलाई न्यायको माग गर्दै राजमार्गमा नाराबाजी समेत गरिरहेका छन् । हिजो बिहान ५ बजेको समयमा जिल्लाको चन्द्रनगर गाउँपालिका–१, रतनपुर घरभइ हाल लालबन्दीमा कोठा भाडा लिएर जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन गरिरहेका विपद राय यादवका छोरा १७ वर्षीय दीपेन्द्र कुमार यादवको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । विद्यार्थीलाई ठक्कर दिने ना ३ ख ७९९० नम्वरको ट्रक र चालकलाई दुर्घटना लगत्तै नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ । विद्यार्थीहरुले बिहान ९ बजेबाट लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर बस्तीपुर चौकबाट सुरु भएको प्रदर्शन अहिले लालबन्दीको मुख्य बजार क्षेत्रसम्म पुगेका छन् ।

अघिल्लो सामग्री३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित
यसपछिको सामग्रीकबड्डी–४ ले वैशाख २३ गते लियो रिलिज डेट