जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता

रौटहत// संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा मन्त्री आलेले सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको र पुरानो जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । मन्त्री आलेले मुलुकको सवै धर्म संस्कृतिको संरक्षण र रक्षा गर्न सरकार गम्भीर रहेको बताए ।
कार्यक्रममा कार्यक्रममा मिथिलाञ्चलको संस्कृति र संस्कारलाई बचाई राख्ने संस्कृतिविद् तथा सो क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्रष्टा सम्मानसमेत गरिएको थियो ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक मंसिर १६ गते ई-पेपर
यसपछिको सामग्रीओमिक्रोन भेरियन्ट : भारतीय सीमा नाकाबाटै बढी जोखिम