८ पुस, रौतहट// भारतबाट अवैधरुपमा ल्याएको चाँदीका विभिन्न गहनासहित दुई जनालाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दुईमुहानबाट सम्मरिमाइ गाउँपालिका वडा नम्बर ६ अशुरैनाका ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल बर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको लु. १९ प ५१५९ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुलाई रोकी चेकजाँच गर्ने क्रममा करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहना फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाले जनाएको छ ।उक्त गहनाको बील नभएको कारण हिरासतमा लिएको उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।