चन्द्रपुर,१६ पुष

रौतहटको चन्द्रनिगाहपुर मा जनमत पार्टिले पर्दशन गरेको छ।पुर्वपच्छिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर को मुख्य चोक मा जनमत पर्टिले आफ्नो विभिन्न माग सहित आन्दोलन गरेको छ। जनमत पार्टिले पुष १५ गते देखि अनिश्चित्कालिनको लागि हाइवे बन्द गर्ने घोषण गरेको थियो।घोषण स्वरुप आज बिहान देखि चन्द्रनिगाहपुर मा जनमत पार्टिको कार्यकर्ताले सडक अवरुद्ध गरेका थिए। आन्दोलनकर्ताहरुले किसानहरुको विभिन्न समस्या हरुको समाधान सहित माग गरेका छन।

उनिहरुले किसानको माग सम्बोधन गर्न उच्च स्तरिय समिती बनाउनु पर्ने,समयमा मलखाद र बीउ ब्यवस्था गर्नु पर्ने,सिचाइको ब्यवस्था,हावाहुरी र बर्षा ले भएको बालिको क्षती ब्यहोर्नु पर्ने,किसानलाई पेन्सन,बालिको बिमा र गिरफ्तार भएका आन्दोलनकारीलाई रिहा गर्नु पर्ने माग राखेका छन। बन्दलाई तितरबितर पार्ना दर्जनौ सुरक्षाकर्मी खटाइएको थियो।

जनमत पार्टिको माग:

सडक अवरुद्ध गर्ने खोजेको भन्दै प्रहरीले जनमत पार्टीका ७ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउपरेकाहरुलाई जनमत पार्टिका केन्द्रीय सदस्य ललित मलिक सानु लगाएत राविश्वास साह,जवाहर राम,विरेस चौरासीया,दिल ब. मण्डल,अर्जुन कुश्वाह,बिबेकान्द साह लाई प्रहरीले नियन्त्रण मा लिएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा राखिएको छ ।

अघिल्लो सामग्रीम साझा सभापति हुँ : कृष्ण यादव
यसपछिको सामग्री‘प्राविधिक शिक्षामा जोड’