रौतहट,१५ मङ्सिर
नेपाली काङ्ग्रेस को १४औ महाधिवेशन अन्तर्गत रौतहट क्षेत्र न ४ का सभापतिको लागि राम स्नेही यादव र प्रेम शंकर यादव भिड्दैछन । क्षेत्रीय सभापतिको लागि आज निर्वाचन हुँदै छ ।बृन्दावन नगरपालिका वार्ड न ६ स्थित श्री बतहु माध्यमिक बिध्यालयको प्राङ्गणमा मा क्षेत्रीय सभापती र अन्य पदाधिकारी चयन गर्न को निम्ति निर्वाचन को तयारी हुँदै छ । आज हुन लागेको निर्वाचन मा सभापति का उम्मेदवार राम स्नेही राय यादव रौतहट क्षेत्र न ४ का सासद देव प्रसाद तिमल्सिना निकट हुन।उनी बृन्दावन नगरपालिकाका नगर प्रमुख समेत हुन । यस्तै अर्का सभापति का उम्मेदवार प्रेम शंकर यादव नेपाली काङ्ग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादव निकट हुन । उक्त चुनावमा दुवै बिच भारी प्रतीशपर्दा हुने देखिएको छ ।
क्षेत्र न ४ बाट ४९३ जना प्रतिनिधि ले भोट हाल्न पाउने छन। कुनै किसिम को बिवाद र झडम हुन नदिन सुरक्षा सन्यत्र कडा पारिएको छ।
आवरण काङ्ग्रेस क्षेत्र न ४ अधिबेशन सभापतिमा राम स्नेहि र प्रेम शंकर भिड्दै