एटलसले ७० वर्षमा पहिलो पटक मेक्सिकोको शीर्ष डिभिजन लिगा एमएक्सको उपाधि जितेको छ ।
आईतबार भएको खेलमा लियोनलाई पेनाल्टीमा पराजित गर्दै एटलसले ७० वर्षपछि पहिलो उपाधि हात पारेको हो । एटलसले यस अघि सन् १९५०–१९५१ को सिजनको उपाधि जितेको थियो । एटलसले पेनाल्टी ४–३ ले जितेको थियो ।
फाइनल खेलको पहिलो लेग ३–२ ले जितेको लियोनका लागि उपाधि जित्न केवल बराबरीको आवश्यकता रहेको थियो । तर एटलसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
एटलसका लागि अल्डो रोचाले निर्धारित समयमा गोल गर्दै खेललाई समग्रमा ३–३ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि विजेताको टुंगो पेनाल्टीबाट लगाइएको थियो ।
खेलकुद एटलसलाई ७० वर्षपछि लिगको उपाधि