भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डमा सेनाले १४ जना सर्वसाधारणको हत्या गरेपछि परिस्थिति तनावग्रस्त भएको छ । नागाल्याण्डको मोन जिल्लामा सेनाको गस्ती टोलीले मजदुरहरूको समूहलाई आतंकवादी भन्दै गोली चलाउँदा छ जनाको मृत्यु भएपछि भड्केको हिंसा थप चर्केको छ । घटनापछि आक्रोशित स्थानीयको सेनासँग झडप भएको छ ।
पछिल्लो झडपमा एक जना भारतीय सैनिक र अन्य सात जना सर्वसाधारणको मृत्यु भएको हो । सेनाले यसलाई ‘गल्ति’ भने पनि स्थानीयले सेनाको गल्तिलाई अस्वीकार गरिदिएका छन् ।
अहिले त्यहाँ भइरहेको व्यापक प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले इन्टरनेट सेवाहरू बन्द गरेको छ भने, कफ्र्यू समेत लगाइएको बीबीसीले जनाएको छ ।
भारतीय गृहमन्त्री अमित शाहले घटनाप्रति ‘गहिरो दुःख’ व्यक्त गरेका छन् । नागाल्याण्ड राज्य सरकारले विशेष अनुसन्धान टोली ‘एसआईटी० को नेतृत्वमा उच्चस्तरीय छानबिन गर्ने वचन दिएको छ ।
हालैको घटना नागाल्याण्डमा पछिल्ला वर्षहरूमा भएका सबैभन्दा घातक र हिंसात्मकमध्येको एक हो । लामो समयदेखि विद्रोह र स्थानीय उग्रवादी समूहहरूको नेतृत्वमा रहेका स्थानीय जातीय विभाजनबाट ग्रसित छन् । समाचारमा म्यानमारको सिमानामा रहेको मोनमा असम राइफल्स, भारतीय सेनाको एउटा टुकडी र एउटा एलिट प्यारा–कमाण्डो बटालियनका सैनिकहरूको संयुक्त प्रति–विद्रोह अभियानको क्रममा उक्त दुःखद् घटना भएको बताइएको छ ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक मंसिर २० गते को ई-पेपर
यसपछिको सामग्रीलिभरपुलले मिलानविरुद्ध खेल्दै